दफा ४८
धितोपत्र बजारले निर्देशन दिन सक्ने
(१) धितोपत्र बजार मार्फत धितोपत्र कारोबार गराउने संगठित संस्थाले धितोपत्र बजारसँग गरेको सम्झौताको उल्लंघन गरेमा वा धितोपत्र कारोबारलाई स्वच्छ र नियमित बनाउन वा लगानीकर्ताको हितलाई ध्यानमा राखी त्यस्तो संगठित संस्थालाई निर्देशन दिन आवश्यक छ भन्ने लागेमा धितोपत्र बजारले त्यस्तो संगठित संस्थालाई आवश्यक निर्देशन दिन सक्नेछ । (२) उपदफा (१) बमोजिम दिएको निर्देशनको पालना गर्ने कर्तव्य सम्बन्धित संगठित संस्थाको हुनेछ ।